2026/07/30

ढाकाकुमारलाई धारिलो हातियारले हानेको खबर फैल्याउने युवक समातिए

Admin
Admin

२०८०-०५-२८

669
Shares
ढाकाकुमारलाई धारिलो हातियारले हानेको खबर फैल्याउने युवक समातिए

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित निवर्तमान सांसद डा. ढाकाकुमार श्रेष्ठबारे अफवाह फैल्याउँदा एकजना युवक प्रहरीको फन्दामा परेका छन्। 

ढाकालाई ‘धारिलो हतियार प्रयोग गरी घाइते बनाएको’ भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखेका स्याङ्जाका सूर्यबहादुर रेग्मीलाई प्रहरीले पक्राउ गरेको  हो। 

डा. श्रेष्ठले उनलाई कारबाही माग गर्दै कास्की उजुरी दिएपछि स्याङजा आँधीखोलाका ३५ वर्षीय  रेग्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

रेग्मीले केही दिनअघि ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको’ झुटो खबर फैल्याएका थिए । 

रेग्मीले डाक्टरको हवाला दिँदै ढाकाको अवस्था चिन्ताजनक रहेको भनेका थिए । उनले यसबारे थप समाचार आउन बाँकी भन्दै  फेसबुकमा लेखेका थिए । 

उनलाई नियन्त्रणमा लिई विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुर (साइबर अपराध) अन्तर्गत थप अनुसन्धान मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग पार्टीको 'कोर टीम'लाई बुझाउन दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि ढाका रास्वपाको कारवाहीमा थिए।  उनले त्यसरी रकम माग्ने केन्द्रीय सदस्यको नामसमेत सार्वजनिक गरेका थिए । त्यसपछि अहिले उनी रास्वपा कार्यकर्ताको निशानामा परेका छन् । 

669
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja