2026/07/30

महासचिव पोखरेलको टोली पुग्यो चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालयमा

Admin
Admin

२०८०-०५-२३

551
Shares
महासचिव पोखरेलको टोली पुग्यो चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालयमा

काठमाडौँ, २३ भदौ  

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ । 

त्यस अवसरमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरेको सङ्घर्ष र असाधारण बलिदानको जगमा उभिएको चीनको गौरवमय वर्तमानलाई नजिकबाट बुझ्न सङ्ग्रहालयले सहयोग गरेको धारणा व्यक्त गरेको एमाले प्रचार विभाग सदस्य राजेश राईले जानकारी दिए । महासचिव पोखरेलले सङ्ग्रहालयले चिनियाँ कम्युनिष्ट पार्टीको गौरवमय इतिहासलाई जीवन्त राखेको उल्लेख गरे ।

'चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका अग्रजले छिचोलेर आएको बाटो तथा देखाएको उज्यालोलाई सङ्ग्रहित गरिएको यस सङ्ग्रहालयले इतिहासको सम्झना र अग्रजप्रति सम्मान जगाएको छ', महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै सदस्य राईले भने ।
महासचिव पोखरेलसहित पार्टीको उच्चस्तरिय टोली यहि भदौ १६ गते चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएको हो । 

551
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja