2026/04/18

सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यु, बढाइयो सुरक्षा सतर्कता

Admin

२०८०-०५-२३

499
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । 

कृष्ण अष्टमीको मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार(आज) साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो ।

झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्याँस र हवाई फायरसमेत गरेको थियो । शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएर पूर्वसावधानी अपनाएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

कर्फ्युको समयमा हिँडडुल गर्न र अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।

499
Shares

©News Kunja 2021-2026. All rights reserved.