2026/07/28

जडीबुटी बस दुर्घटना : लेन क्रस गर्ने मोटरसाइकल चालक पक्राउ

Admin
Admin

२०८०-०५-१९

605
Shares
जडीबुटी बस दुर्घटना : लेन क्रस गर्ने मोटरसाइकल चालक पक्राउ

काठमाडौं । आइतबार कोटेश्वर—जडीबुटीनजिकै छाप्रोमा भएको बस दुर्घटना घटनामा २ वटा मोटरसाइकलका चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सन्तोष घले र दीपेन्द्र तामाङ रहेका छन्।

मोटरसाइकलले बस अगाडिबाटै लेन क्रस गरेपछि बचाउन खोज्दा बा ३ ख ४८४८ नम्बरको बसले बा ६ च ५३४२ नम्बरको जिप, बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

सवारी दुर्घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त फुटेजमा बस अगाडिबाट एक मोटरसाइकल लेन क्रस गरेको देखिन्छ। अचानक मोटरसाइकल अगाडि आएपछि बसले बचाउन खोज्दा तीन वटा सवारी साधनलाई ठक्कर दिएको थियो। उक्त घटनामा २ जनाको मृत्यु भएकोमा ७ जना घाइते भएका थिए।

605
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja