2026/07/29

लिखुपिकेका तत्कालीन वडाअध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

Admin
Admin

२०८०-०५-१७

538
Shares
लिखुपिकेका तत्कालीन वडाअध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १७ भदौ  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो । 

निःशुल्क रुपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई रु छ लाख खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले बताए ।

538
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja