2026/07/28

एमसिसी र बीआरआइबाट जनताको हितमा लाभ लिनुपर्छ : सभामुख घिमिरे

Admin
Admin

२०८०-०५-१६

514
Shares
एमसिसी र बीआरआइबाट जनताको हितमा लाभ लिनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ, १६ भदौ

सभामुख देवराज घिमिरेले एमसिसी र बीआरआइलाई मुलुकले आफ्नो हित हुने गरी लाभ लिनुपर्ने  बताएका छन् । 

‘फाउण्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज’ले काठमाडौँमा आज आयोजना गरेको कार्यक्रममा  उहाँले ठूला राष्ट्रको प्रभावलाई सन्तुलनमा राख्दै यसबाट प्रतिस्पर्धात्मक लाभ लिनुपर्ने बताए ।

सभामुख घिमिरेले छिमेकी राष्ट्रहरुले गर्ने सहयोगलाई आफ्नो मुलुकले राष्ट्र हित हुने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । 

अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) कार्यक्रमलाई सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यसबाट फाइदा कसरी लिन सकिन्छ त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

सभामुख घिमिरेले भने, 'ठुला राष्ट्रहरुको प्रभावलाई सन्तुलनमा राख्दै आउने अवसरलाई मुलुकको आर्थिक विकाश र जनताको अत्मनिर्भर बन्ने बाटोमा लगाउनुपर्छ ।'

नेपालले यी दुवै कार्यक्रमबाट नेपाली जनताको हितमा कसरी जाने ? राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै दुवै मुलुकबाट फाइदा कसरी लिन सकिन्छ भन्ने कुरालाई ध्यानदिनुपर्ने बेला आएको सभामुख घिमिरेले बताए । 

    
कार्यक्रममा नेपालका लागि चीनका राजदूत छन् सोङले नेपालको आर्थिक विकासमा चीन सधैँ साथमा रहने बताए । उनले नेपालको आर्थिक विकासमा कृषि, उद्योग, प्रविधिलगायत क्षेत्र महत्वपूर्ण रहेकाले यी क्षेत्रको विकासमा चीनको सहयोग सधैँ रहने बताए ।
 

514
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja