2025/11/20

कार्यकर्तालाई माधव नेपालले भने : काम गर्ने भए गरौँ, नत्र पद ओगटैर नबसौँ

Admin

२०८०-०५-१५

488
Shares

काठमाडौं, १५ भदौ

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगागी निर्वाचनमा पार्टीलाई राष्ट्रिय दल बनाउनेगरि काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

समाजवादी मोर्चाको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्न पोखरामा पुगेका नेपालले उक्त कार्यक्रममा बोल्दै पदमात्रै ओगटेर बस्ने तर काम केही नगर्ने प्रवृत्तिका कारण पार्टीको छवि बिग्रदै गएको बताए ।

उनले संगठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आवद्ध पार्टीका सबैलाई उनले आग्रह गरे । आपसमा खुट्टा नतानी काम गर्न निर्देशन दिँदै उनले काम गर्न सके काम गर्न र काम गर्न नसके बाटो छोड्न पनि आग्रह गरे

“राम्रा मान्छेलाई अगाडि बढाउने कुरामा हामी कुनै समस्या खडा गर्दैनौँ । तपाईँहरुलाई म भन्न चाहन्छु, खुट्टा तान्ने होइन । यो अर्को पार्टीको मान्छेले काममा प्रभाव फैलाउन थाल्यो भनेर अन्तर्विरोध गराउने होइन । काम गर्नुस् । गर्नुहुन्न भने पन्छिनुस् । कि काम गर्नुस्, कि बाटो छोड्नुहोस्”, नेपालले भने । 

488
Shares

©News Kunja 2021-2025. All rights reserved.