2025/11/20

विप्लवले बोलाए नेकपाको आकस्मिक बैठक, एमसीसी र समाजवादी मोर्चा एजेन्डा

Admin

२०८०-०५-१४

291
Shares

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थायी कमिटीको बैठक बोलाएको छ ।

शुक्रबार बिहान ८ बजे बस्नेगरी बैठक बोलाइएको हो। अमेरिकी सहायता परियोजा एमसिसी र छिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठकमा बोलाइएको हो । 

उक्त बैठकमा नेकपा माओवादी केन्द्र नेतृत्वको चारदलीय समाजवादी मोर्चाबारे पनि छलफल गर्ने एजेन्डा राखिएको छ ।

विप्लव नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध सडक संघर्ष गरिरहेको छ। तर ऊ चार दलीय समाजवादी मोर्चामा पनि छ । 

तर, मोर्चाकै प्रमुख घटक माओवादी केन्द्र नेतृत्वको सरकारको पालामा एमसिसी कार्यान्वयन हुँदै गर्दा विप्लवमा विरोधाभाष देखिएको छ । 

यसैबारेमा पार्टीका महासचिव विप्लवले मोर्चाबाट बाहिरिने चेतावनी दिएको चर्चाबीच शुक्रबारको बैठकलाई चासोसाथ हेरिएको छ।

291
Shares

©News Kunja 2021-2025. All rights reserved.