2026/07/29

सुस्त शेयर बजार, सूचकसँगै घट्यो कारोबार रकम

Admin
Admin

२०८०-०५-१२

638
Shares
सुस्त शेयर बजार, सूचकसँगै घट्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक सुस्त देखिएको छ। यस दिन नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ। शेयर बजारले सकारात्मक गति लिन नसक्दा शेयर बजार सुस्ताएको हो।

यस दिन नेप्से परिसूचक ५.०५ अंक घटेर १९९३.४२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७१ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ।

अघिल्लो कारोबार दिन ९८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७८ स्टकको २९ हजार ६४० पटकको कारोबारमा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको इकाईमूल्य ९.९९ प्रतिशत बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आइएमई लाइफ इन्स्योरेन्स र नेपाल टेलिकमको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

 

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी अरु उपसमूहको परिसूचक घटेको छ।

638
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja