2026/07/29

गृहमन्त्रीले भने : सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ

Admin
Admin

२०८०-०५-१२

486
Shares
गृहमन्त्रीले भने :  सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ

१२ भदौ ,काठमाडौं

 गृहमन्त्री नारायणकाजी श्रेष्ठ ’प्रकाश’ले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरुसँगको भेटमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको १३ खर्ब लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताएका हुन् ।

उक्त भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले ऊर्जाका परियोजना निर्माण गर्दा स्थानीयको अवरोधले काम गर्ने वातावरण नबनेको भन्दै परियोजना स्थलमा सुरक्षा पोस्ट राखिदिन आग्रह गरेका थिए ।

साथै बिस्फोटक पदार्थको सहज आपूर्तिका लागि पनि गृह मन्त्रालयबाट आवश्यक सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

486
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja