2026/07/29

एकैजना पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरीे

Admin
Admin

२०८०-०५-११

492
Shares
एकैजना पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरीे

झापा, ११ भदौ :

झापामा एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं. ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो ।

अस्पतालका निर्देशक बालकुमार पोखरेलका अनुसार पेटभित्र असह्य दुखाई बढेपछि उपचारका लागि साहलाई हस्पिटलमा भर्ना गरिएपछि भदौ ७ गते सर्जन डा शशी सिंहले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।

“सहन नसक्ने गरी पेटभित्र दुखाइ भएको भन्दै उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो”, निर्देशक पोखरेलले उपचारबारे जानकारी दिँदै भने, “मेडिकल सुपरिन्टेन्डेन्टसमेत रहनुभएको सर्जन डा शशी सिंहले उहाँको स्वास्थ्य परीक्षणपश्चात तुरुन्त शल्यक्रिया गरिएको थियो ।” सबै जाँच प्रक्रिया पूरा भएपछि शल्यक्रिया गर्दा पित्त थैली र मूत्रनलीबाट ५५ वटा पत्थरी निकालिएको उनको भनाइ छ । 

साहको शल्यक्रिया सम्पन्न गर्न आठ घण्टा लागेको थियो । शल्यक्रियापछि उहाँको स्वास्थ्यमा सुधार आइसकेको र छिटै घर फर्किने तयारीमा रहेको उहाँका छोरा दीपककुमार साहले बताए ।

एउटै व्यक्तिको पित्तथैलीमा यतिका धेरै पत्थरी भेटिनु दुर्लभ नै भएको चिकित्सक बताउँछन् । “एउटै स्टोन हुँदा दुखेर बिरामी निकै पीडामा छटपटाउँछन्,” साहलाई अस्पतालको सर्जिकल वार्डमै भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले भने, “यति धेरै स्टोन बोकेर कसरी सहेर बस्नु भएको थियो होला भनेर म चकित भएको छु ।”

अस्पतालका व्यवस्थापक मनोज दाहालले उहाँको पित्तथैली र मूत्रनलीबाट निकालिएका हरेक पत्थरी १२ एमएमभन्दा ठूलो रहेको जानकारी दिएका छन् ।

 

492
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja