2026/07/29

झण्डै एक महिनादेखि अवरुद्ध संसद् खुल्यो

Admin
Admin

२०८०-०५-०६

549
Shares
झण्डै एक महिनादेखि अवरुद्ध संसद् खुल्यो

काठमाडौं ।  सुनकाण्डको छानबिनको माग गर्दै गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबार(आज)बाट सञ्चालन भएको छ । 

छानबिनका लागि आयोग गठन गर्ने दलहरूबीच सहमति भएपछि बैठक चलेको हो । एमालेले छानबिन आयोग बनाउने माग गरेर सदन अवरोध गर्दै आएको थियो ।

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रतिनिधिसभालाई सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने दलीय सहमतिको  जानकारी गराएका थिए ।

संसद् बैठकमा अहिले सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राखिरहेका छन् ।

549
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja