2026/07/28

प्रधानमन्त्री दाहालका ज्वाइँको कारण मुख्यमन्त्रीको शपथ रोकियो

Admin
Admin

२०८०-०४-१७

491
Shares
प्रधानमन्त्री दाहालका ज्वाइँको कारण मुख्यमन्त्रीको शपथ रोकियो

श्रावण १७, २०८०

काठमाडौं - कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण सरेको छ। मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर सत्तारुढ दलभित्रै विवाद भएपछि साँझ ५ बजेसम्म सारिएको हो।  

मंगलबार मुख्यमन्त्रीमा थापा नियुक्त भएपछि प्रदेश प्रमुखको कार्यालयले आज बिहान साढे १० बजे शपथग्रहणको कार्यतालिका बनाएको थियो। तर गठबन्धनमा भागबन्डा नमिल्दा शपथग्रहणको समय सारिएको छ। आज सत्ता गठबन्धनमा आबद्ध दलबाट एक-एक जनालाई मन्त्री बनाउने तयारी थियो।

सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको ६ दिनपछि नेपाली कांग्रेस संसदीय दल कोसीका नेता थापा पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो। सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख गौतमलाई राजीनामा गर्न लगाएर बहुमत संख्या पुर्‍याएका थिए। सभामुख गौतमले राजीनामा दिन आनाकानी गरे पनि अन्त्यमा उनी कन्भिन्स भएको गठबन्धनका नेताहरूले बताएका छन्।

कोसीमा बहुमत पुर्‍याउन ४७ सिटको आवश्यकता पर्छ। माओवादीबाट सभामुख भएका गौतम सभामुख पदमा रहुन्जेल सत्ता गठबन्धनको बहुमत पुग्न नसक्ने भएपछि उनलाई राजीनामा दिन बाध्य पारिएको थियो। उनले अन्तिम समयसम्म पनि राजीनामा दिन मानेका थिएनन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेससँग कोसी प्रदेश सभामा २९ सदस्य रहेका छन्। त्यस्तै, माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सदस्य छन्।

सत्ता गठबन्धन दलतर्फका ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर पुगेपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(२) अन्तर्गत मुख्यमन्त्रीमा थापालाई नियुक्त गरे। सर्वोच्च अदालतले साउन ११ गते उद्धव थापाको नियुक्ती बदर गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार ५ बजेसम्मका लागि समयसीमा तोक्दै दलहरूलाई सरकार गठनका लागि आह्वान गरेका थिए। उनले संविधानको धारा १६८(२) अन्तर्गत सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए। 

491
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja